नियम १२२
प्रधान न्यायाधीशले निर्देशन दिन सक्ने
(१) प्रधान न्यायाधीशले समितिका अध्यक्ष तथा सदस्य तोकिएका न्यायाधीशहरूको आवश्यकता अनुसार बैठक बोलाई समितिको प्रगति विवरण प्रस्तुत गर्न लगाउन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको बैठकमा प्रधान न्यायाधीशले समितिहरू बीचको आपसी समन्वयका बारेमा आवश्यक निर्देशन दिन सक्नेछ।